समाचार

भक्तपुरको साँस्कृतिक पर्व खःमेय जात्रा सम्पन्न

khame jatra

९ कात्तिक, भक्तपुर । बडादशैंको नवौं दिन महानवमी पर्वका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् (राँगो) जात्रा आज बिहानै सम्पन्न गरेको छ । कोरोना भाइरसको महामारीले स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले आज बिहानै जात्रा सम्पन्न गरिएको हो ।

धार्मिक, साँस्कृतिक, र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा मानी खःमेय जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रा विजयादशमीको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बलिपुजा गरी जात्रा मनाउदै आएको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पुजाआजा गरी  नवदुर्गा द्योःछे (देवगृह)वाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पुर्‍याइन्छ। नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा २ दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, कम्तीमा पनि एकसय धारनी तौल भएको मोटोघाटो चाहिन्छ ।

खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस