राजनीति

काँग्रेसले यो वर्ष चियापानको कार्यक्रम नगर्ने

Congress

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने जानकारी गराएको छ ।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै  कोभिड-१९ का कारण यो वर्ष चियापान र शुभकामना आदानप्रदान नगर्ने जानकारी गराएको हो ।

वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण यस वर्षकोे कात्र्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस