९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भए पछि अस्पतालले उनलाई आज डिस्चार्ज गरेको राप्रपा केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो। उनलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक,नर्स सहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पताल ब्यबस्थापन समिती कर्मचारी सबैमा धन्यवाद ब्यक्त गरेका छन् ।
१० दिनको अस्पताल बसाइ पछि डिस्चार्ज भएका अध्यक्ष थापा बुढानिलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिए ।