समाचार

नदीमा डुबेर दुई बालिकाको मृत्यु

Death Body

९ कात्तिक, कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस