खेलकुद समाचार

राजस्थानद्वारा शीर्ष स्थानको मुम्बई इण्डियन्स पराजित

rajisthan vs mumbai

१० कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अंक तालिकामा पुछारमा रहेको राजस्थान रोयलले शीर्षस्थानमा रहेको मुम्बई ईन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ ।

राजस्थानको जीतमा बेन स्टोक्स नायक रहे । अबुधावीमा खेलिएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पछ्यायो ।

यद्यपि, राजस्थानको सुरुवात भने राम्रो हुन सकेन । मुम्बईका तीव्र गतिका बलर जेम्स प्याटिन्सनले राजस्थानलाई शुरुमा नै दुईवटा झट्का दिएको थियो । कप्तान स्टीभ स्मिथ ११ रन तथा रोबिन उथप्पा १३ रन बनाएर आउट भए । दोस्रोतर्फ स्टोक्सले पारी सम्हाल्दै ६० बल नटआउट रहँदै १०७ रन बनाए । उनले सञ्जु स्यामसनसँग मिलेर १५२ रनको साझेदारी गर्दै टीमलाई जीत दिलाए ।

खेलमा स्याम्सनले ३१ बलमा ५४ रन बनाए । उनले ३ छक्का र ४ चौका हिर्काए । योसँगै स्याम्सन यो सिजन सबैभन्दा बढी छक्का हिर्काउने खेलाडी बने । उनले २३ छक्का हिर्काएका छन् भने निकोलस पूरनले २२ छक्का हिर्काएका छन् ।

पहिलो पारीमा हार्दिक पाण्ड्याको ६० रनको मद्दतले मुम्बईले ५ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । सूर्यकुमार यादवले ४० तथा इशान किसनले ३७ रनको योगदान दिए । यसअघि पहिलो खेलमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ८ विकेटले पराजित गरेको थियो । बैंग्लुरु अंक तालिकामा तेस्रो स्थानमा रहेको छ भने चेन्नई पुछारमा सिमित छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *