१० कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार शनिश्चरे–३ मोरङका पुरुषको गत कार्तिक १ गते संक्रमण पुष्टि भइ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई डाइबिटिजसम्बन्धी दीर्घरोग रहेको थियो । उनले आइतबार १० बजे निधन भएको हो ।
त्यसैगरी, धरान–१७ की महिलालाई आइतबार संक्रमण पुष्टि भएको थियो । उनलाई हाइपर टेन्सनको समस्या रहेको थियो ।
प्रतिक्रिया दिनुहोस