समाचार

सिन्धुलीमा जीप र मोटरसाईकल आपसमा ठोक्कीदा एक जनाको मृत्यु, एक घाइते

road accident

१० कात्तिक,काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–८ कर्करेमा बा १९ च ४३६३ नम्बरको जिप र प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल  चालक संगम कार्कीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलको पछाडि बसेका सिन्धुलीको कमलामाई नगरपालिका–५ का २४ वर्षीय सौगात रायमाझी घाइते भएका छन् । रायमाझीलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस