समाचार

तनहुँमा ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

corona dead

१० कात्तिक, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस