समाचार

वालिङका पहिरो पीडित परिवारलाई सहयोग

Nepali paisa

१० कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ ।

गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ जनाको पुरिएर ज्यान गएकाको परिवार र विस्थापित परिवारलाई आइतबार रु। दुई लाख ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

रोजगारीको सिलसिलामा विदेशमा बस्ने नेपालीहरुको छाता सङ्गठनकोरुपमा रहेको समाजको वैदेशिक शाखा दक्षिण कोरिया, दोहा कतार, स्पेन, अमेरिका र साउदी अरबमा गठन भएका समितिहरुमार्फत सङ्कलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोगस्वरुप सङ्कलन भएको रकममध्येबाट नौ जना परिवार गुमाएका भोजराज र मनिषा नेपालीलाई रु. एकलाख १० हजार र उक्त पहिरामा घर पुरिएर विस्थापित भई छिमेकीको घरमा आश्रय लिएर बसेका चार परिवारलाई प्रति परिवार ३० हजारका दरले एक लाख २० हजार उपलब्ध गराइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पहिराले घर पुरिँदा एकै घरका नौ जनाको मृत्यु भएको थियो भने अन्य चार घर परिवार विस्थापित भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस