समाचार

सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

bike accident

१० कात्तिक, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको  कञ्चनरुप नगरपालिका ८ मा सोमबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस