विश्व/प्रवास

उत्तर अमेरिकी तथा एशियाली केही मुलुकमा कोभिड-१९ अत्यधिक संक्रामक

covid 19

१० कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।

यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो । रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ ।

यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो । सङ्क्रमक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्वियाले केहि देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए ।

कोरोनाबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजार बढी संक्रमित भईसकेका छन् भने ७ लाख ७२ हजार बढीको मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस