विश्व/प्रवास

कोरोना संक्रमित चिकित्सकलाई पनि काम गर्न बेल्जियम सरकारको निर्देशन !

belgium covid 19

११ कात्तिक, काठमाडौं । बेल्जियम सरकारले लिस शहरका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई आआफनो क्षेत्रमा कार्यरत रहन निर्देशन दिएको छ । बेल्जियमको मेडिकल युनियन संघ प्रमुख डा.फिलिप डेभोसले लक्षण नदेखिएका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई काममा लाग्न निर्देशन दिएको हो ।

बेल्जियमको लिस शहरका विभिन्न १० वटा अस्पतालमा कार्यरत एक चौथाई स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित छन् । स्वास्थ्यकर्मीहरुको अभावका कारण सर्वसाधारण उपचारबाट बञ्चित नहोस भन्ने उद्देश्यले लक्षण नभएका स्वास्थकर्मीहरुलाई काममा आउन भनिएको डा.डेभोसको भनाई छ । संक्रमित स्वास्थयकर्मीहरुबाट कोरोना सर्न सक्ने जोखिम हुँदाहुँदै पनि यो नियम लागू गर्न आफूहरु बाध्य भएको डा. डेभोसको भनाई छ ।

बेल्जियममा हरेक तीन ब्यक्तिको कोरोना परिक्षणका क्रममा एक जना संक्रमित पुष्टि हुन थालेको छ । कोरोना संक्रमितका कारण अस्पतालहरु खचाखच भरिएका छन । अन्य गम्भीर बिरामीहरुको हकमा भने कुनै प्रकारको उपचार नहुने भएको छ ।

बेल्जियमले कोरोनाका कारण गम्भीर स्थिति सामना गरिेरहेको भन्दै बेल्जियमका स्वास्थ्यमन्त्री फ्रान्क भान्डेनब्रुकले देशमा आगामी दिनमा संक्रमणको सुनामी आउन सक्ने चेतावनी दिएका छन् । बेल्जियममा कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ लाख २१ हजार पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस