११ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जना गरी २५२ जना संक्रमित थपिएका छन् । हाल काठमाडौंमा १६ हजार ९ सय ५८, भक्तपुरमा ४ हजार १ सय ४१ र ललितपुरमा २ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस