अर्थनीति

पाँचथरमा चालु आर्थिक वर्षको तीन महिनामा ११ करोड राजश्व संकलन

karkaryalaya pachathar

११ कात्तिक, पाँचथर । पाँचथरमा चालु आर्थिक वर्ष ०७७/०७८ को ३ महिनाको अवधिमा ११ करोड बढी राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७७/०७८ को पहिलो त्रैमासिकमा ११ करोड ५१ लाख १६ हजार राजश्व संकलन भएको करदाता सेवा कार्यालयका प्रमख किरण लिम्बुले जानकारी दिए ।

गत आर्थिक वर्ष ०७६/०७७ मा ४१ करोड ६९ लाख ७१ हजार राजश्व संकलन भएको थियो । दुई वर्ष अघि पाँचथरमा स्थापना भएको करदाता सेवा कार्यालयबाट पाँचथर र ताप्लेजुङका सेवाग्राही लाभान्वित हुंदै आएका छन् ।

यसअघि पांचथरबासीले झापाको भद्रपुरमा कर तिर्न जानु पर्ने बाध्यता थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस