समाचार

एकाबिहानै कारको ठक्करबाट सप्तरीमा एक वृद्धको मृत्यु

road accident

१२ कात्तिक, सप्तरी । पश्चिम राजमार्ग अन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप  नगरपालिका २ बरमझिया  निवासी ७५ वर्षीय तीलक सुरेत  रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव  उपरिक्षक नरेश कुमार सिँहले जानकारी  दिए ।

पूर्वबाट  पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  बाटो काट्ने क्रममा तीलकलाई ठक्कर  दिएको  थियो । सो ठक्करबाट  उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । ठक्कर  दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस