विश्व/प्रवास

कोरोना महामारीकाबीच बिहारमा पहिलो चरणको मतदान सुरु

Electronic Voting Machine

१२ कात्तिक, काठमाडौं । भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ ।

२४३ सिट रहेकाे बिहार विधानसभामा पहिलो चरणको मतदान सुरु भएको हो । पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान सुरु भएको हो । ७१ सिटका लागि जम्मा १ हजार ६६ जना चुनावी मैदानमा छन् ।

दोस्रो चरणको मतदान ३ नोभेम्बर र तेस्रो चरणको मतदान ७ नोभेम्बरका लागि तोकिएको छ । मत परिणाम भने १० नोभेम्बरमा सार्वजनिक हुनेछ ।

कोभिड-१९ महामारी जारी रहेकोले चुनाव आयोगले मतदान गर्ने समय एक घण्टा बढाएको छ। विभिन्न ठाउँमा सिटअनुसारको मतदान समय छुटाइएको छ । ४ सिटका लागि बिहान ७ बजेबाट दिउँसो ३ बजेसम्मका लागि समय तोकेको छ । त्यसैगरी २६ सिटको मतदानका लागि ४ बजेसम्म, ५ सिटका लागि ५ बजेसम्म र ३६ सिटका लागि ६ बजेसम्म मतदानको समय तोकेको छ ।

कोभिडको समय भएकोले सावधानीपूर्वक मतदान गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गरेका छन् । मास्क अनिवार्य लगाउन र भौतिक दुरी कायम राख्नसमेत उनले आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस