
१२ कात्तिक, दाङ । दाङमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ ।
भैँसी चराएर घर फर्किने क्रममा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा आफ्नै भैैसीले हानेर गढवा- ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
भैँसीले हानेर घाइते भएका यादवको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मृतक यादवको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस