
१२ कात्तिक, कैलाली । कैलालीबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा २ गड्डी तास र २ लाख २३ हजार ५०० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका-६ का भक्तबहादुर शाही, रंग साउद, रामबहादुर साउद, वीरबहादुर साउद र डम्बर शाही रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
पक्राउ परेका उनीहरूलाई गएराति नै इलाका प्रहरी कार्यालय मालाखेतीकाे जिम्मा लगाइएको प्रहरीले बताएको छ ।