
१२ कात्तिक, काठमाडौं । भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा नयाँ-नयाँ कुरा बाहिर आइरहेका छन् । मृत्यु भएको ४ महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आत्महत्या गरेको नभई उनको हत्या भएको दाबी गरेका थिए ।
यहीबीच भारतीय जनता पार्टीका सांसद नारायण राणेले फेरि सुशान्तको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।
भारतीय मिडिया भास्करडटकममा प्रकाशित समाचार अनुसार भाजपा सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तको आत्महत्या होइन, हत्या हो । त्यति बेला उनको घरमा मन्त्री पनि थिए । मसँग प्रमाण छन् ।’
राणेले यो सबै प्रमाण आफूले सिबिआइलाई दिने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस