समाचार

दशैं मान्न झापा पुगेका बागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

bishnu parsai

१२ कात्तिक, काठमाडौं । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिएपछि परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट मङ्गलवार पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस