समाचार

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम

winter

१२ कात्तिक, काठमाडौं ।  काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । उपत्यकामा आज बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस मापन गरेको हो ।

तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको छ । मंगलबार उपत्यकाको न्युनतम तापक्रम १५ डिग्री सेल्सियस थियो । मंगलबार १५ डिग्री सेल्सियस रहेको तापक्रम एकै दिनमा चार डिग्रीले घटेको हो ।

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । आज बिहान सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ। जुम्लाको न्युनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरी पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज देशका पहाडी भू भागमा आंशिक बदली रहे पनि पानी पार्ने प्रणाली भने छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस