समाचार

कुटपिटपछि दैलेखमा एक जनाको हत्या, ६ जना पक्राउ

arrest

१२ कात्तिक, दैलेख । दैलेखको नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा ६ जनालाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस