समाचार

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता

citizenship

१२ कात्तिक, लमजुङ । १२ कात्तिक, काठमाडौं । नयाँ संविधान  जारी भएदेखि लमजुङ जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका  अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७६/२०७७ अङ्गीकृत नागरिकता दिइएको हो ।  वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६/२०७७ मा पाँच, २०७५/२०७६ मा ६, २०७४/२०७५ मा तीन, २०७३/२०७४ दुई र  २०७२/२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।

संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्काे गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ । नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस