समाचार

थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

१२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको  नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस