समाचार

कोरोनाभाइरसः सप्तकोशी नगरपालिका कार्यालय बन्द, दुई वडा सिल

covid 19

१२ कात्तिक, सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नाका साथै वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा लकडाउन तथा सिल गरेको छ ।

नगर प्रमुख उत्तमकुमार शर्माले आज  सूचना प्रकाशन गरी यही कात्तिक १८ गतेसम्मका लागि नगरपालिकाका कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको जनाएका छन् ।

सप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र  नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि आजदेखि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए ।

नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस