
१२ कात्तिक, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ सुरु गरेको छ । कात्तिक १ गतेबाट सुरु योजना मंसिर ६ गतेसम्म जारी रहने छ ।
यस च्यालेन्जमा सहभागी उत्कृष्ट एक जनाले ४३ इन्चको एलजी स्मार्ट टिभी जित्नेछन् भने १० भाग्यशाली विजेताले १ हजार रुपैयाँका दर ले मोबाइल रिचार्ज पनि पाउनेछन् ।
यस च्यालेनजमा भाग लिनका लागि प्रतियोगीले शुरूमा एनसीएचएलको ओरिजिनल साउन्डट्राकमा भिडियो बनाउनुपर्नेछ । त्यसपछि #connectipssangaidigitalfestival प्रयोग गरी टिकटकमा भिडियो शेयर गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस