
१२ कात्तिक, काठमाडौं । देशका विभिन्न जिल्लामा चारजना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको मित्रनगर मञ्जुश्री मार्गस्थित आरामदायिक होटेलको स्टाफ कोठामा तनहुँ भानु नगरपालिका चम्बास घर भएका ५१ वर्षीय भरत बाबु कडेंल बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
उनी २०७६ चैत महिनादेखि उक्त कोठामा बस्दै आएको बुझिएको छ । यसैगरी ईलामको माईजोगमाई गाउँपालिका-४ हातिटार बस्ने ४२ वर्षीय पबित्रा तिरुवा आफ्नै घरमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ थुमथुमे बस्ने ५२ वर्षीय राम बहादुर लावती आफ्नै घरदेखि करिब १ सय मिटर टाढा कुरुङ खोला नजिक खोल्सोमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस्तै डडेल्धुराको अमरगढी नगरपालिका-१० परिबन सामुदायिक जंगलको बीच खोल्साको पानीमा हाल नाम, थर, बतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।