समाचार

कालापानीको मुद्दा वकालत गर्दै आएका कम्युनिस्ट नेता ठगुन्नाकाे निधन

Birbahadur thagunna

१२ कात्तिक, काठमाडौं । दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको निधन भएको छ ।

महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आएका ठगुन्नाको बुधबार निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, तथ्य विवरणको स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस