बैँक / वित्त

नबिल बैंकलाई एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्ड

leading partner bank 2020

१२ कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।

एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले व्यापार तथा वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाईहरु अन्त गरेर दिगो विकासका लक्ष्यहरु हासिल गर्न देशहरुलाई सहयोग गर्ने गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा यो प्रोग्रामसँग सबैभन्दा बढी कारोबार गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *