फुटबल

मेस्सीको गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित

Barcelona messi

१३ कात्तिक, काठमाडौं । लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ ।समुह जी अन्तर्गतको गएराती सम्पन्न खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक एक गोल गरेका थिए । डेम्बेलेले खेलको १४औ मिनेटमा मेसीको असिस्टमा गोल गरेका थिए भने मेसीले खेलको ९१औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

खेलको ८५औ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्दा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । यस जितपछि बार्सिलोनाले समुह जीमा दुवै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस