
१३ कात्तिक, पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
अस्पतालले बिहीबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै महिलाको मृत्यु भएको जानकारी दिएको छ ।
असोज ५ गते कोरोना पुष्टि भएकी पोखरा महानगरपालिका–१३ की महिलाको आइसीयूमा उपचारको क्रममा बुधबार राति ११ बजे मृत्यु भएको हो । योसँगै अस्पतालमा उपचाररत कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस