विश्व/प्रवास

दिल्लीमा पहिलोपटक एकैदिन ५ हजार बढी संक्रमित थपिए

covid india

१३ कात्तिक, दिल्ली । भारतको राजधानी दिल्लीमा पहिलोपटक एकैदिन पाँच हजार बढीको संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

दिल्लीका अधिकारीका अनुसार एकैदिन यति संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । बुधबार यो संख्याले पहिलो पटक पाँच हजारको संख्या पार भएर ५ हजार ६ सय ७३ पुगेको छ।

भारतीय समाचार माध्यमका अनुसार कोरोनामाथि प्रभावकारी नियन्त्रण भइराखेको ठानिएको भएपनि पछिल्ला केही दिनमा संक्रमितहरू चार हजारको आसपासमा भेटिदै आएको थिए ।

भारतमा कोरोनाबाट हालसम्म ८० लाख ३८ हजार ७ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण १ लाख २० हजार ५ सय ६३ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस