
१३ कात्तिक, काठमाडौं । दशैंपछि बजार खुलेसँगै सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ । बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेकोछ । यस्तै, तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस