
१३ कात्तिक, बाँके । बाँके प्रहरीले २९ लाख नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा खेलिरहेको जुवा खालबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सन्तोष थापा, मेघनाथ कचबन्दिया, नविन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी, रहमान मिया छन् ।
जुवाको खालबाट पक्राउ पर्नेहरुमा अधिकांश नेपालगञ्जका ठूला व्यवसायीहरु रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनीहरुको साथबाट प्रहरीले २९ लाख ४८ हजार सात सय रुपैयाँ बरामद बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस