
१३ कात्तिक, काठमाडौं । सरकारी कार्यालय बुधबारबाट खुले पनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दसैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुरु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् ।
मुख्य गरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरू पनि सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खालि देखिएका छन् । कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ ।
दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ । यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए ।