विश्व/प्रवास

फ्रान्सको चर्चमा चक्कु आक्रमण, दुई जनाको मृत्यु, महिलाको टाउको नै काटियो

france knife attack

१३ कात्तिक, काठमाडौं । फ्रान्सको निस सहरमा रहेको चर्चमा बिहीबार एक आक्रमणकारीले चक्कु प्रहार गरेर कम्तिमा दुई जनाको हत्या गरेको छ । यसमध्ये एक महिला टाउको नै काटिएको छ ।

नीसका मेयर क्रिश्चियन एस्ट्रोसीले यो घटनामा संलग्न भएको आशंकामा एक जना व्यक्ति पक्राउ परेको बताए । ‘यो यस्तो प्रकारको हमला हो कि यसले आतंककारी आक्रमणको संकेत दिएको छ’, मेयर एस्ट्रोसिले भने ।

नीस भू-मध्य सागरको किनारमा रहेको फ्रान्सको एक प्रमुख सहर हो । स्थानीय प्रशासनले आम मानिसलाई फ्रेन्च रिवेरा सिटी क्षेत्रमा जानबाट बच्नअपिल गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस