
१३ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३०३८ जना कोरोना संक्रमित निको भएका छन्, योसँगै हालसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस