समाचार

काठमाडौं उपत्यकामा थप १६१५ जनामा कोरोना संक्रमण पुष्टि

kathmandu valley

१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ ।

यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी ललितपुरमा हालसम्म ८ हजार ३५० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये ५ हजार ८२२ जना निको भएका छन् । यस्तै हाल २ हजार ४७० जना सक्रिय संक्रमित रहेको ललितपुरमा ५८ जनाको मृत्यु भएको छ ।

यस्तै २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस