समाचार

काठमाडौंका प्रजिअ दाहाललाई कोरोना संक्रमण पुष्टि

CDO kathmandu

१३ कात्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएको काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन् । टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको उनले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस