विश्व/प्रवास

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ९० हजारको मृत्यु

spain covid 19

१३ कात्तिक, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख  नाघेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र पाँच हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताए ।

मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस