समाचार

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

covid 19 dead

१३ कात्तिक, जनकपुरधाम । सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा आज मृत्यु भएको हो।

एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । उनको सोही दिन स्वाब लिएर परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको प्रमुख  यादवले बताए । यादवका अनुसार मृतक पुरूष लामेा समयदेखि दमका रोगी थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *