समाचार

चन्द्रागिरि र गोदावरीमा दुई जना मृत फेला

bead body tag

१३ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरि र ललितपुरको  गोदावरीमा आज दुई जना मृत फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन् ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा आज मृत फेला परेका छन । मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उता काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटकी मन्दिरा थापा भण्डारीको झण्डै डेढ लाख चोरी भएको छ । उनको कोठाबाट रु ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंकको एटिएमबाट रु एक लाख चोरी भएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस