१४ कात्तिक, बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटबलमा थप एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए । ती पुरुषको मृत्यु भएसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस