समाचार

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

ganesh joshi

१४ कात्तिक, धनगढी । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

अध्यक्ष जोशीमाथि भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

२० फागुन ०७५ मा धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस बनाइदिएको भेटिएपछि जोशीलाई पक्राउ गरिएको बिष्टले बताए ।

नक्कली बुबा बनेका चौधरी फरार छन् । उनको खोजीकार्य भइरहेको बिष्टले बताए । पक्राउ परेका वडाअध्यक्ष जोहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस