मनोरञ्जन ताजा समाचार

कलाकार अशोक शर्मालाई कोरोना संक्रमण

ashok sharma

१४ कात्तिक, काठमाडौं । वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण भएको छ ।

बिहीवार नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा कोरोना संक्रमण पुष्टि भएको शर्माले सामाजिक संजालमार्फत  जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ शर्माले फेसबुकमा अगाडि लेखेका छन् ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस