समाचार

कोभिड-१९ बाट डाक्टरलाई जोगाउन शिक्षण अस्पताललाई तरुण दलको सहयोग

tarundal

१४ कात्तिक, काठमाडौं । नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई कोभिड-१९ को संक्रमणबाट जोगिने उपकरणहरु सहयोग गरेको छ ।

संक्रमितको उपचारमा खटिने स्वास्थ्यकमर्मीका लागि तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमकाबीच मास्क, पीपीई, फेस सिल्ड लगायतका उपकरणहरू उपलब्ध गराएको हो ।

४ हजार थान मास्क, ३० थान पीपीई सेट र ५२ थान फेस शिल्ड तरुण दल केन्द्रीय समितिद्वारा सहयोग गरिएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

उक्त स्वास्थ्य सामाग्री नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएको अध्यक्ष बस्नेतले बताए । साथै अध्यक्ष बस्नेतले स्वास्थ सामाग्री उपलब्ध गराएकोमा भण्डारी र खानलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस