समाचार

दाङमा कुमार विकको खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने २ युवक पक्राउ

pakrau3

१४ कात्तिक, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ नवलपुर निवासी ४५ बर्षीय कुमार बिकको बाँया खुट्टा छिन्ने गरि आक्रमण गर्ने समूहका २ जना युवक पक्राउ परेका छन् । घटनाको २ दिन भित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका २ जना युवक रउनीहरुले आक्रमण गर्दा प्रयोग गरेको हतियार समेत सार्वजनिक गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ उत्तर कुररीयाका २२ बर्षिय पवन चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का २४ बर्षिय अमृत चौधरी नै मुख्य अभियुक्त भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनीहरुले गत सोमबार राति पौने दश बजे विकमाथि आक्रमण गरेका थिए । धारिलो हतियारले आक्रमण गर्दा विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग काटिनुको साथै दुबै हातको हत्केला र ढाडमा गहिरो चोट लागेको प्रहरीले बताएको छ ।

तुलसीपुर–१० टरिगाउँस्थित आफ्नो भान्जाको विवाह भोज खाएर घरतर्फ फर्कदै गर्दा विकमाथि उनीहरुले गोलौरामा एक्कासी आक्रमण गरेका थिए ।

डिएसपी सिंहका अनुसार भान्जाको विवाह भोजमा सामान्य भनाभन गरेर फर्किने क्रममा गोलौरामा दुई पक्षबीच विवाद भइरहेको ठाउँमा विक पुगेपछि आरोपित दुवैजनाले उनलाई ‘झगडा गरेर आएको होस् ?’ भनेर सोध्दा विकले ‘हो’ भन्ने जवाफ दिएपछि उनीमाथि आक्रमण भएको आरोपितहरुको भनाइ छ ।

विक र आरोपितहरुबीच कुनै त्यसअघि झैगडा नभएको अवस्थामा उनी आउनुभन्दा अगाडि गोलौरामा भएको विवादलाई लिएर उनीहरुले गलत बुझाइका कारण आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ ।

घटनामा प्रयोग गरेको धारिलो हतियार खुर्पा, कपडा पनि प्रहरीले फेला पारेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको डिएसपी सिंहले बताए । घाइते विकलाई उपचारका लागि भारतको लखनउ लगिएको र उनको अवस्था सुधारोन्मुख रहेको डिएसपी सिंहले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस