
१४ कात्तिक, म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । ठाँडाखनीबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ८९६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको हो । मृतक अन्नपूर्ण गाउँपालिका-२ तातोपानीकी अन्दाजी १०-१२ वर्षीया रिया विक रहेको प्रहरीले जनाएको छ । रियाको उपचारको क्रममा बेनी अस्पतालमा ज्यान गएको हो ।
जिप बाटोबाट अन्दाजी १०० मिटर तल कालीगण्डकी नदीमा खस्न पुगेको थियो । दुर्घटनामा परि घाईते सबैलाई तत्काल उद्दार गरि उपचारको लागि तत्काल बेनी अस्पताल पठाइएको प्रहरी नायब उपरिक्षक रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस