समाचार

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

covid 19 dead body

१४ कात्तिक, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत  कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका  छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए ।

उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ६:५४ मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए ।

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११:४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिए । उनको  स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस