समाचार

काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ७५ हजार नजिक

kathmandu valley

१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ । जस्मा महिलाको संख्या ७ सय ८१ र पुरुषको संख्या १ हजार १ सय ७ रहेको छ ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७४ हजार ९ सय ९१ पुगेको छ । काठमाडौंमा ६० हजार ७ सय ४२ जना, ललितपुरमा ८ हजार ५ सय ९९, भक्तपुरमा ५ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस